पवन भण्डारी ,धनगढी । अछामको साँफेबगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रशाद शर्मा कार्यालयमा कुनै जानकारी नगरी २० दिन देखि सम्पर्क बिहिन बनेका छ्न । शर्मा बिना जानकारी सम्पर्कविहीन भएपछि कार्यालयको आर्थिक गतिविप्पधि ठप्प भएको छ ।
नगरपालिकाका प्रबक्ता मक्र बहादुर कुवरले अधिकृत शर्मा कार्यालयमा कुनै जानकारी नदिई सम्पर्कविहीन भएकोले के कति कारणले कार्यालयका अनुपस्थिति भएको हो भनेर तीन दिने स्पष्टीकरण सोधिएको जानकारी दिए । हाकिम नहुदा नगरमा भुक्तानी लगायतका कार्यहरु रोकियको उनको भनाई छ ।
बिहीबार बसेको कार्यपालिकाको छैठौं बैठकले निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई ७२ घण्टे स्पष्टीकरण सोध्ने बारे छलफल मात्र भएको भन्दै नगर उपप्रमुख सिलोज कुवरले घुमाउरो तरिकाले बताएका छन ।
स्पस्टिकरण बारे घुमाउरो कुरा गर्दै कुवरले भने जाने बेला नगरप्रमुख सङ्गै उहाँ पनि जानू भएको हो तर उहाँ हाल सम्म नफर्के पछि हिजोको बैठकमा ३ दिन भित्र उपस्तिथि हुने गरि पत्रचार गर्ने भन्ने छलफल भएको हो । उहाँ बिरामी भएर दिल्ली जानू भएको हो तर फर्किनु भएको छैन भन्दै उपप्रमुख कुवरले शर्माको बचाउ गर्न खोजे ।
आर्थिक जिम्मेवार प्राप्त निमित्त प्रमुख प्रशासकीय अधिकृत शर्मा कार्यालयमा नहुदा नगरबाट उपलब्ध सेवाबाट नगारिक बन्चित बनेका छन ।
लेखा अधिकृत शर्मा करिब ५ बर्षदेखि साँफेबगर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका छन् । अधिकृत शर्मा पटक पटक बिबादमा आउदै गरेका कर्मचारी हुन । उनी कार्यालय भन्दा बाहिर बढी बस्ने सेवाग्राहीलाई आफ्नो कोठामै बोलायर काम गर्ने कार्यालय नजाने गुनासो पटक पटक आउदै गरेको छ ।
प्रतिकृया दिनुहोस