अछाम । अत्यधिक रक्तस्राव भएपछि अछामबाट एक जनालाई हेलिकप्टर मार्र्फत सुत्केरीको उद्धार गरिएको छ । कमलबजार नगरपालिका–८ निवासी ३५ वर्षीया रंगीदेवी भण्डारीलाई हेलिकप्टरबाट सुर्खे प्रादेशिक अस्पताल लिइएको हो ।
बच्चा जन्मेपछिको रक्तस्राव नरोकिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरेर नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि सुर्खेत लिइएको जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत सन्तोष विकले जानकारी दिनुभयो ।
दुर्गममा रहेका महिलाहरुको ज्यान बचाउने उद्देश्यले सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय अछामको समन्वयमा भण्डारीको उद्धार गरिएको हो ।
शुक्रबार सुत्केरी भएकी रंगीदेवीको निरन्तर रगत बगेपछि थप उपचारका लागि सुर्खेत लगिएको कमलबजार नगरपालिका–८ का वडा अध्यक्ष प्रजा बोगटीको भनाइ छ ।
प्रतिकृया दिनुहोस