यूएसएआईडीका १६ सय कर्मचारी बर्खास्त, ४२ सयलाई बिदामा राखियो

छिनोफानो   सोमबार १२, फागुन २०८१ ०१:०२

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)मा कार्यरत ठूलो संख्यामा कर्मचारी बर्खास्त गरिएको छ । अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासनले यूएसएआईडीमा कार्यरत ठूलो संख्यामा कर्मचारीलाई बिदामा समेत राखेको छ ।

ट्रम्प प्रशासनले यूएसएआईडीका एक हजार ६०० कर्मचारी बर्खास्त गरेको छ । चार हजार २०० कर्मचारीलाई बिदा दिइएको छ । यीमध्ये कति कर्मचारीलाई पुनः नियुक्त गरिनेछ भन्ने स्पष्ट छैन ।

ट्रम्प प्रशासनले सरकारी खर्च घटाउन एलोन मस्कको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डीओडीजीई)को योजनाअन्तर्गत संघीय कर्मचारीको संख्या कटौतीको प्रयास गरिरहेको छ । सोहीअनुसार यूएसएआईडीका कर्मचारीलाई बर्खास्त र बिदा गरिएको हो ।

एक अमेरिकी संघीय न्यायाधीशले ट्रम्प प्रशासनको यो योजनामा रोक लगाएका थिए । तर, शुक्रबार यो प्रतिबन्ध स्थायी नभएको उनले जनाएका छन् । 

सन् १९६१ मा यूएसएआईडीको स्थापना भएको थियो । कटौतीअघि यसमा लगभग १० हजार कर्मचारी थिए । बीबीसीबाट ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु