अछाममा चट्याङ लागेर २ जना घाइते

छिनोफानो   सोमबार ०३, चैत २०८१ ११:०७

अछाम ।  अछाममा चट्याङ लागेर दिदीबहिनी घाइते भएका छन् । आइतबार साँझ घरमा चट्याङ परेर मेल्लेख गाउँपालिका –६ षोडशाकी १९ वर्षीय मेनुका बोहरा र ११ वर्षीय निर्मला बोहरा घाइते भएका हुन् ।

घाइतेको बयलपाटा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु