देशका विभिन्न ठाउँमा हल्कादेखि ठूलो वर्षा : सतर्कता अपनाउन आग्रह

छिनोफानो   आइतबार ०१, असार २०८२ १०:४८

काठमाण्डौ – देशका विभिन्न ठाउँमा हल्कादेखि ठूलो वर्षा भइरहेको छ । कोशी र काठमाण्डौ उपत्यकासहित बागमती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कतै–कतै ठूलो पानी परेको छ ।

कोशीका एक/दुई ठाउँमा आज दिउँसो ठूलो पानी पर्न सक्ने सम्भावना छ । आज दिउँसोपछि देशभर आंशिकदेखि सामान्य बदली रहने र धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

गएराति गण्डकी, मधेस, बागमती र कोशी प्रदेशका धेरैजसो ठाउँमा पानी परेको महाशाखाले जनाएको छ । पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन यसअघि नै गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँसम्म पुगिसकेको छ ।

अहिले कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशका पश्चिम भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ ।

अहिले हल्का पानी परिरहेको काठमाण्डौ उपत्यकाका आसपासका क्षेत्रमा दिउँसो पनि पानी पर्न सक्ने अनुमान छ । मनसुन सक्रिय भएको र पानी पर्नेक्रम शुरु भएसँगै बाढी र पहिरोको जोखिम पनि बढेको भन्दै सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु