कैलालीमा नदीमा डुबेर दाजुभाईको मृत्यु

छिनोफानो   शुक्रबार ०३, साउन २०८२ ०२:३२

कैलालीको गौरीगंगामा नदीमा डुबेर सहोदर दाजुभाईको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–११ ऐठाका लालु धामीका २५ वर्षीय छोरा उमेश धामी र २० वर्षीय प्रकाश धामीको लिक्मा नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ ।

नदीमा डुबेको अवस्थामा प्रहरीले बिहीबार दिउँसो ३ बजेको समयमा उद्धार गरी सेती प्रादेशिक अस्पताल पु¥याएको थियो । चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु