धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीस्थित ब्रोड बेस्ड एकेडेमीका विद्यार्थीहरु सडकछेउ तथा मन्दिर परिसरमा सरसफाइ गरेको छन् ।
उपमहानगरपालिकाले सञ्चालन गरेको ‘हाम्रो धनगढी,सफा धनगढी’ अभियान अन्तरगत विद्यार्थीहरुले सरसफाइ गरेका हुन् ।
उनीहरुले सडकछेउमा भएका झारपातहरु सरसफाइ गरेका छन् । त्यस्तै सोही ठाउँमा रहेको राधाकृष्ण मन्दिर परिसरमा पनि सरसफाइ गरेका छन् ।
विद्यालयले गर्ने सरसफाईले वडा कार्यालयलाई समेत सहयोग पुगेको धनगढी उपमहानगरपालिका–६ का वडा सदस्य महेन्द्र थापाले बताए । उनले यस्ता खालका सरसफाई कार्यक्रमले उपमहानगपालिकाको सरसफाई अभियानलाई समेत मदत पुग्ने बताए ।
धनगढी–६ की सामाजिक परिचालक पशुपति सुवेदीले सडकछेउमा भएको झाडीले सर्पको विगविगी बढिरहेका बेला विद्यालयले सञ्चालन गरेको सरसफाई कार्यक्रम राम्रो भएको बताइन् ।उनले ‘हाम्रो धनगढी,सफा धनगढी’ अभियानलाई यस्ता सरसफाई कार्यक्रममार्फत सबैले सहयोग गरिदिन पनि आग्रह गरिन ।
अतिरिक्त कृयाकलाप अन्तरगत धनगढीको सरसफाइ अभियानलाई समेत टेवा पुगोस् भन्ने उदेश्यले सरसफाई कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल रमेश विकले बताए । आगामी दिनमा पनि यस्ता सरसफाईका कार्यक्रम सञ्चालन गरिने उनले बताए ।
सरसफाई गर्दा कुहिने नकुहिने फोहरलाई अलग अलग गरि छुट्याएर राखिएको सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा हिमान्सी बोहराले बताइन् ।
प्रतिकृया दिनुहोस