बाढीपहिरोका कारण ६ ठाउँका सडक अवरुद्ध

छिनोफानो   सोमबार ०६, साउन २०८२ १२:३९

काठमाण्डौ – बाढीपहिरोका कारण विभिन्न छ ठाउँका सडक अवरुद्ध भएका छन् । कोशी र मेची राजमार्ग, तमोर कोरिडोर, कालिगण्डकी कोरिडोर, शहीद राजमार्ग र भेरी कोरिडोरका सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सङ्खुवासभाको भोटखोला गाउँपालिका ४ बरुणमा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । पाँचथरको फिदिम नगरपालिका ५ र हिलिहाङ गाउँपालिका ७ को हेवाखोलामा बाढीले डाइभर्सन बगाउँदा मेची राजमार्ग पनि पूर्णरुपमा अवरुद्ध छ । पाँचथरकै तुम्वेवा गाउँपालिका २ मा पनि बाढीका कारण तमोर कोरिडोर अवरुद्ध भएको छ ।

कालीगण्डकी कोरिडोर अन्तर्गत नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका ३ तरङखोलामा बाढीका कारण सडक बन्द छ । रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ र २ मा पहिरोले गर्दा शहीद राजमार्ग र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ६ रिजिगारमा बाढीका कारण जाजरकोट डोल्पा भेरी कोरिडोर सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

काठमाण्डौको टोखा नगरपालिका २ मा काठमाण्डौ–नुवाकोट सडकखण्ड एकतर्फी सञ्चालनमा छ । बागलुङको गलकोट नगरपालिका ११ काउसेमा मध्यपहाडी लोकमार्ग र बागलुङकै बागलुङ नगरपालिका १० दब्ल्याङमा कालिगण्डकी कोरिडोर एकतर्फी सञ्चालनमा छ । रोल्पाको परिवर्तन गाउँपालिका ५ ग्रामजिममा र भुर्तिबाङमा शहीद राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु