बैतडीको डिलासैनीमा मध्यम वर्षा, साना खोलामा बहाव बढ्ने जोखिम

  बुधबार ०८, साउन २०८२ ०२:०९

बैतडी। पछिल्लो तीन घण्टामा बैतडीको डिलासैनी वर्षा मापन केन्द्रमा मध्यम वर्षा मापन भएको छ।

सो क्षेत्र हुँदै बहने ससाना खोलाहरूमा आकस्मिक बहाव बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले जोखिमका कारण स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

यसअघि विभागले सिन्धुपाल्चोकको गुम्थाङ, बाह्रबिसे, दोलखाको जिरी, बुस्टी, सिंगटी तथा सोलुखुम्बुको सल्लेरी, पेकारणस र आसपासका वर्षा मापन केन्द्रहरूमा मध्यम वर्षा मापन भएको जनाएको थियो।

विभागका अनुसार आगामी घण्टाहरूमा ती क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले ती क्षेत्रहरुमा स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने र भिरालो तथा कमजोर जमिनमा पहिरोको जोखिम रहेको बताएको थियो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु