कैलालीमा लागू औषधसहित दुई जना पक्राउ

छिनोफानो   बुधबार ०८, साउन २०८२ ०२:११

धनगढी। कैलालीमा लागूऔषध सहित दुई जना पक्राउ परेका छन।

जिल्लाको जानकी गाउँपालिका–३ नयाँ लायकपुरबाट अवैध लागूऔषध सहित सोही ठाउँ बस्ने २७ वर्षीय भुवन कठरिया र ३५ वर्षीय राजु चौधरी पक्राउ परेका हुन।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार उनिहरुको साथबाट १ ग्राम ३४० मिलिग्राम लागूऔषध बरामद गरिएको हो। सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु