भक्तपुर । भक्तपुरमा दुई जना दिदीबहिनी मृत फेला परेका छन् । एउटै डोरीमा झुण्डिएको अवस्थामा दुई जना किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार मध्यपुर थिमि नगरपालिका वडा नम्बर ८ बोडे सिन्टिटारस्थित डेरामा बस्दै आएकी १७ वर्षीया मेनुका कँडेल र उनकी बहिनी १५ वर्षीया श्रृजना कँडेल मृत फेला परेका हुन ।
कँडेल दिदीबहिनी चक्रधर प्रजापतिको दुई तले घरको भुईं तलामा बस्दै आएका थिए। उनीहरू बिहान पौने ७ बजे कोठाकै प्यासेजमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप केही नखुलेको छैन । प्रहरीले सो बिषयमा अनुसन्धान भइरहेको बताएको छ ।
प्रतिकृया दिनुहोस