नाउपाकि अध्यक्ष श्रेष्ठमाथि ‘बिचौलिया’को गम्भीर आरोप,नरिवलको तेल भन्दै माग्थिन महँगो ब्रान्डको रक्सी

छिनोफानो   बिहिबार ०९, साउन २०८२ १०:३१

काठमाडौं : पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठमाथि ‘बिचौलिया’कोगम्भीर आरोप लागेको छ। 

पोखराको लिची बगैचाको जग्गा हडप्न ‘बिचौलिया’को भूमिकामा काम गरेको अडिओ सार्वजनिक भएपछि रञ्जितले बुधबार मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएकी छिन्। दुई घण्टा बढी अख्तियारमा बयान दिएर रञ्जित बाहिरिएको टंगाल स्रोतले बतायो।

रञ्जिता र सुजन लामासँग घूस लेनदेनको कुरा गरेको अडिओ सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिइसकेका छन्। राजकुमारसँगै रञ्जिता र सुजन पनि अख्तियार धाइरहेका छन्। अडिओ र म्यासेजमा समेत रञ्जिताले पशुपतिमा पूजा गर्ने प्रसंग जोडिकी छिन्।

रञ्जिताले ‘पशुपति पूजामा छु, क्यास चाहिएको छ’ भन्ने म्यासेज अख्तियारमा समेत पुगेको छ। उनले मन्त्रीज् (राजकुमार गुप्ता) का लागि नरिवलको तेल अर्थात् कोड भाषामा (एउटा महँगो ब्रान्डको रक्सी) समेत बिचौलियासँग मगाएको प्रमाण अख्तियारमा पुगेको छ।

पशुपतिका मूल भट्ट गणेश रावलसँग नियमित आशिर्वाद लिन पुग्ने रञ्जिता त्यसपछि जग्गा बिचौलियासँग उठबस गर्ने गरेको पाइन्छ। 

अख्तियार स्रोतका अनुसार रञ्जिताको भूमाफियासँग राम्रै साँठगाँठ भएको देखिएको छ। पशुपति जस्तो पवित्र धार्मिकस्थलमा पूजाआजा गरेर निस्किएपछि रञ्जिताले अपवित्र काम गरेको पाइन्छ। 

रञ्जिता मन्त्रीबाट बाहिरिपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री हुँदा के–के बदमासी गरिन् भन्ने कुरा  खोजीको विषय बनेको छ। टीकापुर नसरंहारको आरोप लागेर जेलमा परेका उनका श्रीमान रेशम चौधरी जेलमै रहेको बेला पार्टी खोलेर अध्यक्षदेखि मन्त्री बनेकी श्रेष्ठमाथि अहिले भूमाफिया र बिचौलियाको आरोप लागेको छ।

उनी संसददेखि सडकसम्म ठूला नेतासँग नजिक हुने र फोटो खिचाउन दौडधुप गर्ने पाइएको छ। यसले पनि उनले ठूला नेताको नाम भजाएर चलखेल गर्ने गरेको पाइएको छ। थाहा खबरबाट साभार

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु