अछामको बयालपाटा अस्पताल भदौ १ गतेदेखि सञ्चालनमा आउने

छिनोफानो   सोमबार १३, साउन २०८२ ०१:५९

अछाम । अछामको बयालपाटा अस्पताल आगामी भदौ १ गतेदेखि सञ्चालनमा आउने भएको छ । बयालपाटा अस्पताल प्रादेशिक अस्पताल सञ्चालन सम्बन्धी कानून बनेर प्रदेश राजपत्रमा प्रकाशित भएसँगै अस्पताल सञ्चालन गर्न बाटो खुलेको छ ।

प्रदेश सरकारले अस्पताललाई आफ्नो मातहतमा ल्याउने निर्णय गरेपछि सञ्चालनमा आउने भएको हो ।

अस्पताल ५० शय्याको रुपमा सञ्चालन हुने छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काको निरन्तर पहलले अस्पताल सञ्चालनमा आउन थालेको जनाएको छ । मन्त्री खड्काको चुनावी घोषणा पत्रमा उल्लेखित प्रमुख प्रतिवद्धता नै बयलपाटा अस्पतालको दिगो र स्थायी व्यवस्थापन थियो, जुन अब कार्यान्वयनको चरणमा प्रवेश गर्दैछ ।

७० प्रतिशत कर्मचारी बयालपाटा अस्पतालमै कार्यरतलाई नियुक्त गरिने छ भने बाँकी ३० प्रतिशत खुल्ला प्रतिष्पर्धा मार्फत पदपूर्ति गरिने सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै, सरोकारवालाको मागलाई सम्बोधन गरी बयालपाटाको दीर्घकालीन व्यवस्थापन गर्न प्रदेश सरकार खासगरी मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीले महत्वपूर्ण कदम चाल्दै निर्णय गराउन सफल भइएको पनि जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु