बैतडी । बैतडीको पत्ताल भुमेश्वर धाममा तपस्यारत देवीमाँलाई खाद्यान्न हस्तान्तरण गरिएको छ ।
एसियाकै लामो गुफा भएको भनेर चिनिने बैतडीको प्रसिद्ध पत्ताल भुमेश्वर धाममा ९ महिनादेखी तपस्यारत सिक्किमकी देवीमाँ भनेर चिनिने एक युवतीलाई श्रद्धालु भक्तजनहरुले खाद्यान्न सहित त्रीपाल हस्तान्तरण गरिएको पत्ताल भुमेश्वर धाममा पुजा पाठ गर्न गएका स्थानीय श्रद्धालु प्रतिभा चन्दले बताइन् ।
प्रसिद्ध पत्ताल भुमेश्वर धामको जंगलमा २७ महिना तपस्या गर्ने गरि बैतडी आएकी सिक्किमकी देवीमाँ भनेर चिनिने युवतीलाई श्रद्धालु भक्तजनको तर्फबाट सामुहिक रुपमा खाद्यान्न किनेर हस्तान्तरण गरिएको बताइएको छ । वर्षातको समयमा घाम पानीबाट बच्न त्रीपाल र केही भोजनको लागि सामुहिक रुपमा खाद्यान्न हस्तान्तरण गरेको स्थानीय श्रद्धालु तिलक चन्दले बताए ।
धाममा तपस्यारत देवीमाँका अनुसार सपनामा पत्ताल भुमेश्वर देखिपछि प्रसिद्ध पत्ताल भुमेश्वर धाम खोज्दै बैतडी आएको बताइन्छ । उनलाई भेटन भने मिल्दैन् । सेवा दलमा आबद्धसंग भेटेर छलफल गर्दा भने सेवादलका सदस्यले देवीमाँको समय अनुकुल भेटन पाउने वातावरण मिलाउने गरेको श्रद्धालु भक्तजनहरुले बताउने गरेका छन ।
प्रतिकृया दिनुहोस