कैलाली कारागार घटना : सहायक प्रमुख जिल्ला अधिकारी जोशीको संयोजकत्वमा छानबिन समिती गठन

छिनोफानो   शनिबार २५, साउन २०८२ ०१:५१

धनगढी । कैलाली कारागारमा रहेका कैदीबन्दीबीच भएको झडप घटनाको अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ ।  जिल्ला सुरक्षा समितिको शनिबार  बिहान  बसेको बैठकले कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानवीन समिति गठन गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी जोशीको संयोजकत्वमा नेपाल प्रहरीका डीएसपी राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य सचिव रहेको छानबिन समिति गठन गरेको हो ।

समितिलाई घटनाको छानबिन गरि १० दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । शुक्रबार राति कैदीबन्दीबीच झडप हुँदा कैदीबन्दी भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु