धनगढी । जेनजी आन्दोलनको बलमा बैतडीकाे दशरथ चन्द नगरपालिकाकि उपमेयर काैशिला चन्दका छाेरा विशाल चन्दले अनलाइनखबरकर्मी जनक विष्टलाई धम्की दिएका छन् । जेनजीकाे हमला दिदै विष्टलाई अपरिचित नम्बरबाट टेलिफाेन गरेर ज्यान मार्ने भन्दै धम्की दिएका हुन् ।
धनगढी उपमहानगरपालिका-५ तारानगरमा बस्दै आएका चन्दले प्रेस चाैतारी कैलालीका अध्यक्ष समेत रहेका विष्टलाई अपशब्द प्रयाेग गरेर धम्की दिएका हुन् ।धनगढी उपमहानगरपालिका- १३ का नवराज कार्कीकाे माेबाईल प्रयाेग गरेर विशालसँगै धनगढीकै रिवाज शाहले समेत उनलाई धम्क्याएका छन् ।
जेनजीकाे हमला दिदै धम्की दिएपछि पत्रकार विष्टले सुरक्षा र कानुनी कारवाहीकाे माग गर्दै तिनै जनाकाे नाममा जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन् ।
पत्रकार विष्टकाअनुसार धम्की दिने चन्द र शाहसँग उनकाे दाेहाेराे चिनजान छैन् । जेनजी आन्दोलन भइरहेको माैकामा धम्की दिदै पत्रकार विष्टकाे घर तथा कार्यालय आगजनी गर्ने भन्दै धम्की दिइएपछि उनले कानुनी कारवाहीकाे प्रक्रिया अघि बढाएका छन् ।
कारवाही प्रक्रियामा पत्रकार महासंघ कैलाली र सुदूरपश्चिम प्रदेश समितिले उनलाई सघाइरहेकाे छ ।
प्रतिकृया दिनुहोस