काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानबाटै वर्तमान राजनीतिक परिस्थितिको निकास खोज्न सकिने बताउनुभएको छ ।
संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले संविधान मुलुकको सर्वोच्च कानुन भएकाले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान दिने बताउनुभएको हो ।
संविधानबाहिर गए मुलुक अझै अस्थिरतातर्फ धकेलिने देउवाले बताउनुभएको छ । उहाँले असोज ३ र संविधान नेपाली जनताले पटक-पटक गरेको क्रान्ति, संघर्ष र लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि रहेको बताउनुभएको छ ।
संविधानले लोकतन्त्र, मानव अधिकार र सामाजिक न्यायका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको देउवाको भनाइ छ । वर्तमान संविधानको सफलतासँगै देशको समुन्नतिलाई सुनिश्चित गर्ने संकल्प नै सबैको साझा दायित्व रहने उहाँले प्रष्ट पार्नुभएको छ ।
प्रतिकृया दिनुहोस