प्रतिनिधिसभा विघटन असंवैधानिक :एमाले सर्वोच्च अदालत जाने तयारीमा

छिनोफानो   मङ्गलबार २१, असोज २०८२ ११:१७

काठमाडौं।प्रतिनिधिसभा विघटन बदरको माग गर्दै नेकपा एमाले सर्वोच्च अदालत जाने तयारीमा जुटेको छ।

पार्टीभित्र यस विषयमा आन्तरिक छलफल तीव्र बनेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन्।

उनका अनुसार प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले यसको न्यायिक परीक्षण आवश्यक छ।गौतमले भने,हामीले राम्ररी छलफल गरिरहेका छौं,यो विषयमा एमाले र कांग्रेस एकताबद्ध भएर अघि बढ्छौं।

उपमहासचिव प्रदीप ज्ञवालीले पनि विघटनको संवैधानिकता प्रश्नमा रहेको भन्दै अदालतमा परीक्षण हुनुपर्ने बताएका छन्। उनका अनुसार विघटित प्रतिनिधिसभामा ८० प्रतिशतभन्दा बढी दलहरूले विघटनको विरोध गरेका छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु