दलका नेताहरू राष्ट्रपति कार्यालय जाँदै

छिनोफानो   शुक्रबार २४, असोज २०८२ ११:४१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई संवादका लागि बोलाउनु भएको छ । 

जेन्जी आन्दोलनबाट निर्वाचित सरकार विघटन भई २०८२ फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको घोषणा भएपछि राष्ट्रपतिले पहिलो पटक अन्तरिम सरकारका प्रधानमन्त्रीसहित दलका नेताहरूलाई संवादका लागि बोलाउनु भएको हो । 

राष्ट्रपतिको सचिवालयले दलका नेताहरूसँग समसायिक राजनीतिक विषयमा छलफल हुने जानकारी दिएको छ । 

जेन्जी आन्दोलनबाट उत्पन्न परिस्थिति र अझ द्वन्द्व चर्किने हो कि भन्ने जनमानसमा चिन्ता छाइरहेका बेला राष्ट्रपतिसँग दलका नेताहरूले भेट्न लाग्नु भएको हो । 

नेपाली कांग्रेसबाट उपसभापति र महामन्त्री जाने जानकारी पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभयो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु