सुदूरपश्चिममा वर्षा र हिमपात, सबैभन्दा बढी मुस्ताङमा

छिनोफानो   आइतबार १७, कार्तिक २०८२ ११:४७

 

काठमाण्डौ। सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा वर्षा र हिमपात भएको छ।पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै मुस्ताङमा १५ मिलिमिटर वर्षा र मनाङमा १४.२ मिलिमिटर वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, बाजुरा, बाजुरा, अछाम, कैलाली र डोटीका केही पहाडी क्षेत्रमा पनि हल्का वर्षा र उच्च भागमा हिमपात भएको हो। वर्षा-हिमपातका कारण प्रदेशका विभिन्न स्थानमा चिसो बढेको छ।

महाशाखाका अनुसार आज पनि सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ। पश्चिमी वायुको प्रभाव र अरब सागरमा बनेको न्यून चापीय प्रणालीका कारण शुक्रबारसम्म मौसम बदली रहने अनुमान गरिएको छ।

मौसमविद्हरूले आगामी केही दिनसम्म सुदूरपश्चिमका उच्च हिमाली क्षेत्रहरूमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेका छन्। यसैबीच, मुस्ताङ प्रशासनले हिमपातको सम्भावना भएकाले उच्च हिमाली पदमार्गमा पदयात्रा नगर्न अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु