सुनको भाउ आज तोलामा १ हजार १ सय रुपैयाँले घट्यो

छिनोफानो   बुधबार २०, कार्तिक २०८२ १२:०५

काठमाण्डौ – सुनको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा एक हजार एक सय रुपैयाँले घटेर तोलाको दुई लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ३८ हजार तीन सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा २५ रुपैयाँले घटेर तोलाको दुई हजार नौ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार १५ रुपैयाँ थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु