धनगढी । कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीमा बसको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ ।
बुधवार बिहान दिपायलबाट धनगढीतर्फ आउँदै गरेको ना ५ ख ५२५ नम्बरको बसले अन्दाजी ८० वर्षीया वृद्धालाई ठक्कर दिएको थियो । ठक्करबाट घटनास्थलमै वृद्धाको ज्यान गएको छ ।
मृतक वृद्धा गोदावरी बस्ने दिलमाया श्रीस रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिनुभयो ।
ठक्कर दिने बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस