बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

छिनोफानो   बिहिबार २१, कार्तिक २०८२ ११:४७

दार्चुला । दार्चुलाका आठ हजार ९२८ जना बालबालिकालाई भिटामिन ‘ए’ र आठ हजार ५८ जना बालबालिकालाई जुकाको औषधी खुवाइने भएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका कार्यालय प्रमुख वीरेन्द्र भट्टका अनुसार कात्तिक २० र २१ गते दुई दिन बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन आवश्यक औषधी र स्वास्थ्यकर्मी परिचालन गरिसकिएको हो ।

सरकारले प्रत्येक वर्ष यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वास्थ्य कार्यालयले उल्लिखित सङ्ख्याका बालबालिकालाई पुग्ने गरेर सबै स्थानीय तहमा भिटामिन ‘ए’ र जुकाको औषधी पु¥याइसकेको उहाँले बताउनुभयो । 

भिटामिन ‘ए’ खुवाउनुपर्ने लक्षित बालबालिकाका लागि नौ हजार ९५० क्याप्सुल र आठ हजार ५९८ ट्याबलेट जुकाको औषधी जिल्लाका नौ वटै स्थानीय तहका स्वास्थ्य शाखामा पठाइसकेको उहाँले जानकारी दिनुभयो । 

दार्चुलाका छ महिनादेखि पाँच वर्षमुनिका बालबालिका र एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन ३८० जना महिला स्वास्थ्य स्वयंसेविका र कुपोषणको स्क्रिनङ गर्न चार स्वास्थ्यकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु