नवगठित नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आयोगमा निवेदन दियो

छिनोफानो   बिहिबार २१, कार्तिक २०८२ १२:४५

काठमाण्डौ – नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ ।  विभिन्न १० वटा वाम दल र समूह मिलेर बनेको पार्टीले एकता घोषणा गरेपछि आयोगमा दल दर्ताको निवेदन आएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताउनुभयो । निवेदन प्रक्रियामा रहेको र छलफलपछि निर्णय हुने उहाँले जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दलहरूले नेपाली कम्युनिस्ट पार्टी बनाएका हुन् । नवगठित पार्टीको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ । १० घटकबीच भएको एकताले हिजो नेपाली कम्युनिस्ट पार्टी गठन गरेको थियो । योसँगै १८ वटा राजनीतिक दलहरु निर्वाचन आयोगबाट दलदर्ताको प्रमाणपत्रको पर्खाइमा छन् ।

अहिलेसम्म आधिकारीक रुपमा आयोगमा एक सय २५ दल दर्ता छन् । आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा चुनावमा सहभागी हुन यही कात्तिक ३० गतेसम्म दल दर्ताको निवेदन दिने समयसिमा छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु