काठमाण्डौ।प्रधानमन्त्री सुशीला कार्कीले सिमरामा हिजो भएको घटनालाई दुःखद भन्दै लोकतन्त्रमा यस किसिमको अराजकता स्वीकार्य नहुने बताए।सामाजिक सञ्जालमार्फत उनले सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न निर्देशन दिएको जानकारी दिए।
अभिव्यक्ति स्वतन्त्रताको सम्मान आफूहरुको प्रतिबद्धता भए पनि यसको अर्थ सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट कसैलाई नभएको उहाँले स्पष्ट पार्नुभएको छ।
प्रधानमन्त्री कार्कीले गृह प्रशासन र सुरक्षा निकायलाई शान्ति तथा सुव्यवस्था कायम गर्न, सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र चुनावको निष्पक्ष तथा भयमुक्त वातावरण बनाउन उच्च संयम र पूर्ण तयारीका साथ काम गर्न निर्देशन दिएको बताए ।
उनले राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न अपिल गर्नुभएको छ।बाराको सिमरा विमानस्थल गेट अगाडि हिजो एमाले कार्यकर्ता र जेनजी प्रदर्शनकारीबीच झडप भएपछि बेलुकीसम्म कर्फ्यु लगाइएको थियो।
बाराको परवानीपुरमा भएको आफ्नो कार्यक्रम भाँड्न जेनजी युवाहरूले अवरोध खडा गरेको एमालेले आरोप लगाएको छ। जेनजी प्रतिनिधिहरूले भने एमाले कार्यकर्ताबाट आफूमाथि कुटपिट र दुर्व्यवहार भएको दाबी गरेका छन्। 
प्रतिकृया दिनुहोस