दार्चुलामा प्रहरी हवल्दारको हत्या, दुई जना पक्राउ

छिनोफानो   मङ्गलबार २८, माघ २०८२ ११:५७

धनगढी । दार्चुलामा प्रहरी हवल्दार हत्या गरेको अवस्थामा भेटिएका छन् ।

महाकाली नगरपालिका–४ स्थित सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगरमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्ती हत्या गरेको अवस्थामा फेला परेका हुन् ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले घर्ती मंगलबार बिहान मृत अवस्थामा फेला परेको जानकारी दिए । उनकाअनुसार स्थानीय पूजा बियर बारको बाहिर पट्टी घर्तीको शव भेटिएको हो ।

घर्तीको हत्या गरेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । ‘मंगलबार बिहान प्रहरी हवल्दारको शव भेटिएको हो । हत्या आशंकामा प्रहरीले अनुसन्धान गर्दैछ,’ प्रजिअ पौडेलले भने, ‘दुई जनालाई नियन्त्रणमा लिइएको छ । अनुसन्धानपछि नै बाँकी कुरा खुल्छ ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु