कैलालीमा खैरो हेरोइनसहित दुई जना पक्राउ

छिनोफानो   आइतबार १०, फागुन २०८२ १०:५४

धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका–२ बर्दगोरिया क्षेत्रबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित दुई जना पक्राउ परेका छन्।

शनिबार साँझ इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा जाँच गर्दा ६८० मिलिग्राम पदार्थ फेला पारेको हो। पक्राउ पर्नेमा सोही गाउँपालिकाका २२ वर्षीय रमेश बुढा र २४ वर्षीय विकास परियार रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट बरामद पदार्थलाई आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु