आजको राशिफल

छिनोफानो   शुक्रबार ०६, चैत २०८२ ०६:५२

आज २०८२ चैत ६ गते शुक्रवार, तद्अनुसार २० मार्च २०२६ । आज चैत शुक्ल द्वितीया, ब्रह्म बालव रेवती, विश्व मुख स्वास्थ्य दिवस, अन्तर्राष्ट्रिय खुशी दिवस, सूर्योदय बिहानः ०६ः०८ बजे, सूर्यास्त साँझः १८ः१५ बजे ।

आजको राशिफल

मेष राशि
मेष राशि भएकाहरुलाई ठूला कारोबारबाट राम्रो लाभ मिल्न सक्छ । आम्दानी बढ्ने छ । परीक्षा र अन्तर्वार्तामा सफलता प्राप्त हुनेछ । लगानी शुभ रहने छ । भाग्यले साथ दिनेछ । मन प्रसन्न रहने छ । शुभ रंग हो सेतो भने शुभ अंक २ रहेको छ ।

वृष राशि
वृष राशि भएकाहरुलाई मान–सम्मान प्राप्त हुनेछ । यात्रा रमाइलो हुनेछ । कुनै शुभ कार्यक्रममा सहभागी हुने अवसर मिल्ने छ । विद्यार्थीहरूलाई सफलता प्राप्त हुनेछ । स्वादिष्ट भोजनको आनन्द लिन पाइने छ । शुभ रंग हरिाये हो भने शुभ अंक ५ रहेको छ ।

मिथुन राशि
मिथुन राशि भएकाहरुलाई काममा मन नलाग्न सक्छ । आर्थिक लेनदेनमा हतार नगर्नु होला । कसैसँग झगडा हुन सक्छ । व्यापार सामान्य रूपमा चल्ने छ । आम्दानी स्थिर रहने छ । शुभ रंग नीलो हो भने शुभ अंक ६ रहेको छ ।

कर्कट राशि
कर्कट राशि भएकाहरुको आर्थिक उन्नतिको प्रयास सफल हुनेछ । साथीहरूको सहयोग पाइने छ । प्रतिष्ठा र साहस बढ्ने छ । धन आर्जन हुनेछ । शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ ।

सिंह राशि
सिंह राशि भएकाहरुले बोलीमा संयम राख्नु होला । टाढाबाट राम्रो समाचार आउने छ । आत्म विश्वास बढ्ने छ । घरमा प्रतिष्ठित पाहुनाको आगमन हुन सक्छ । खर्च बढ्ने छ । शुभ रंग पहेँलो हो भने शुभ अंक ३ रहेको छ ।

कन्या राशि
कन्या राशि भएकाहरुको भाग्य उन्नतिको प्रयास सफल हुनेछ । रोजगारी सजिलै प्राप्त हुनेछ । व्यापारिक यात्राबाट लाभ हुनेछ । अप्रत्याशित फाइदा हुन सक्छ । लगानी शुभ हुनेछ । मन प्रसन्न रहने छ । शुभ रंग नीलो हो भने शुभ अंक ८ रहेको छ ।

तुला राशि
तुला राशि भएकाहरुको व्यापार राम्रो चल्ने छ । मान–सम्मान बढ्ने छ । पुरानो रोग फेरि देखिन सक्छ । बोलीमा नियन्त्रण राख्नु होला । अपरिचित व्यक्तिमा अन्धविश्वास नगर्नु होला । शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ ।

वृश्चिक राशि
वृश्चिक राशि भएकाहरुको प्रेम सम्बन्ध अनुकूल रहने छ । शुभ समाचार मिल्न सक्छ । आर्थिक लेनदेनमा सावधानी अपनाउनु होला । व्यापारिक यात्रा लाभदायक हुनेछ । साथीहरूको सहयोग पाइने छ । मान–सम्मान र आम्दानी बढ्ने छ । शुभ रंग पहेँलो हो भने शुभ अंक ३ रहेको छ ।

धनु राशि
धनु राशि भएकाहरुलाई आराम गर्ने समय मिल्ने छ । मनमा शंका रहन सक्छ । बहुमूल्य वस्तु सुरक्षित राख्नुहोला । नयाँ योजना बन्ने छ । कार्यशैलीमा सुधार आउने छ । आम्दानी बढ्ने छ । शुभ रंग आकाशे हो भने शुभ अंक ४ रहेको छ ।

मकर राशि
मकर राशि भएकाहरुलाई यात्राबाट लाभ हुनेछ । अदालतका काम सफल हुनेछन् । धार्मिक कार्यमा रुचि बढ्ने छ । पूजा–पाठमा मन लाग्ने छ । लाभका अवसर प्राप्त हुनेछन् । खुशी मिल्नेछ । शुभ रंग गुलावी हो भने शुभ अंक ६ रहेको छ ।

कुम्भ राशि
कुम्भ राशि भएकाहरुलाई मान–सम्मान प्राप्त हुने योग छ । सवारी साधन र मेसिन प्रयोग गर्दा सावधानी अपनाउनु होला । काममा मन नलाग्न सक्छ । आफन्तको व्यवहार राम्रो नहुन सक्छ । साझेदारसँग विवाद हुन सक्छ । शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ ।

मीन राशि
मीन राशि भएकाहरुले बुद्धिमानीपूर्वक काम गर्नुहोला, समस्या समाधान हुनेछ । वरिष्ठ व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ । व्यापारमा लाभ बढ्ने छ । सहकर्मीको साथ पाइने छ । धन आर्जन हुनेछ । शुभ रंग बदामी हो भने शुभ अंक रहेको ७ छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु