काठमाडौँबाट दार्चुला जाँदै गरेको बस कैलालीमा दुर्घटना

छिनोफानो   शनिबार ०७, चैत २०८२ ०८:३१

धनगढी :  कैलालीमा यात्रुवाहक बस दुर्घटनामा परेको छ। काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस शनिबार साँझ घोडाघोडी नगरपालिका–१ सुखड नजिक दुर्घटनामा परेको हो।

सडकमा हिँडिरहेका पैदलयात्रीलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। बसको ठक्करबाट स्थानीय ५५ वर्षीय भक्तबहादुर बटाला घाइते हुनुभएको छ। घाइते बटालाको सुखडस्थित अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

पैदलयात्रीलाई बचाउन खोज्दा बस विपरीत दिशाको सडकबाट तल खाल्डोमा पल्टिएको थियो। बसमा सवार केही यात्रुलाई सामान्य चोट लागेको छ। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु