काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले आपसी सहकार्यबाट नै देश अगाडि बढ्ने बताएका छन। इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फितर) को पावन अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना दिदै यस्तो बताएका हुन।
उनले शुभकामना सन्देशमा देशको समृद्धि र विकासका लागि सामाजिक सद्भाव र सहिष्णुता अनिवार्य रहेको उल्लेख गरेका छन्।
साहले नेपालको मौलिक धर्म, संस्कृति र विविधताको सम्मान गर्दै आपसी सहकार्यका माध्यमबाट राष्ट्रलाई अघि बढाउनुपर्नेमा जोड दिए। उनले सन्देशमा भने, “एक–अर्काप्रतिको सम्मान, समझदारी र एकताले नै हाम्रो समाजलाई अझ सुदृढ बनाउनेछ भन्ने कामना गर्दछु। इदको पावन अवसरले नेपालीबिचको भाइचारा, प्रेम र मेलमिलापको भावनालाई अझ प्रगाढ बनाओस्।”
वरिष्ठ नेता साहले यस पर्वले सबै नेपालीमा एकताको सन्देश प्रवाह गर्ने र समृद्ध नेपाल निर्माणमा थप ऊर्जा प्रदान गर्ने विश्वास समेत व्यक्त गरे।
फागुन २१ गतेको निर्वाचनमा १८२ सिट जितेको रास्वपाले साहलाई प्रधानमन्त्रीका रुपमा अगाडि सारेको छ। नवनियुक्त सांसदले चैत १२ गते शपथ लिने कार्यक्रम निर्धारण भइसकेको छ। त्यस लगत्तै साह प्रधानमन्त्री नियुक्त हने छन।
प्रतिकृया दिनुहोस