शनिबार बिहान पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिने भएको छ ।
बालेन शाह नेतृत्वको सरकारले ओली र लेखकलाई आज बिहान उनीहरूको निवासबाटै पक्राउ गरेको छ ।
ओली नेतृत्वमा सरकार रहेका बेला भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । ७६ जनाको ज्यान जानेगरी भएको आन्दोलनको मुख्य दोषी ओली र लेखकलाई ठहर गरेको छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेलगत्तै दोषी ठहर गरेलगत्तै ओली र लेखकलाई पक्राउ गर्न प्रहरी निवासमै पुगेको थियो ।
प्रतिकृया दिनुहोस