नेपाली काग्रेसको १४औं महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नं ५ को (ख) बाट प्रदेशसभा प्रतिनिधि पदमा वरिष्ठ सर्जन डा. मेराज आलम अन्सारीले उम्मेदवारी घोषणा गरेका छन् ।
अन्सारीले कैलाली क्षेत्र नं. ५ ख बाट प्रदेश शभा मुस्लिम, मधेसी, जनजाति पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
१४ औं महाधिवेशनमा अग्रजलाई सम्मान गर्दै युवाको आवाजसङ्गै मुस्लिम/मधेस/जनजातिको प्रतिनिधित्व गर्दै पार्टीलाई थप उर्जा बनाउनुका साथै पार्टीलाई सशक्त,बलियो बनाउन आफ्नो प्रदेश प्रतिनिधिमा उम्मेदवार दिएको डा. मिराजले बताए ।
उनले पार्टी र देशलाई सक्षम युवा नेतृत्वको आवश्यकता रहेकोले उम्मेदवारी दिएको प्रष्ट पार्दै आफुलाई अमुल्य मतदान गरि जिताईदिन पार्टीपङ्तिमा आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस