धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६७ नमुना परीक्षण गर्दा थप १७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रृष्ठले जानकारी दिए ।
यस्तै २४ घण्टामा चारजना कोरोना संक्रमित विरामी निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । हाल अस्पतालमा १८ जना संक्रमित विरामी उपचाररत छन् ।
प्रतिकृया दिनुहोस