प्रचण्डले जनयुद्धमा दिएको बाचा पुरा नगरेको जनयुद्धका घाईतेहरुको दुःखेसो

पवन भण्डारी   आइतबार ०१, फागुन २०७८ ०८:२१

पवन भण्डारी,धनगढी । सशस्त्र जनयुद्धमा घाईते तथा अपांग बनेका माओबादी सेनाहरुले सरकारले आफुहरु लाई वास्ता नै नगरेको गुनाँसो गरेका छन । आफुहरु ज्यदो लाँस झै जिन्दगी ज्युदा पनि सरकारले आफुहरुको गाँस बास कपासका लागी कुनै पनि वास्ता नगरेको उनिहरुको गुनाँसो छ ।

सशस्त्र युद्धमा घाईते बनि थला परेर घरमै बसीरहेका  कैलालीको लम्की चुहाँ नगरपालीका २ का प्रेम बहादुर बयकले भने आफुहरु देश परिबर्तनका लागी ज्यानको प्रबाह नगरेर युद्ध लड्यो अहिले ज्युदो लाँस झै जिन्दगी ज्युनु परेको छ तर आफनै पार्टिको सरकार पटक पटक हुदा समेत कुनै वास्ता नै नगरेको गुनाँसो गरे । 

२०६१ सालमा घाईते भएका बयकको मेरुदण्डमा गोली लाग्दा दुबै खुट्टा चल्दैनन । तर उनि भन्छन जस्लाई हामीले युद्ध लडेर नेता बनायौ उनिहरु सरकारमा पुगेपछि सबै घाईते अपांगहरु लाई बिर्से । फागुन १ गतेको जनयुद्ध दिवस लाई सम्झीदै  उनि भन्छन । सशस्त्र जन युद्ध पछि देशमा थुप्रै परिबर्तनहरु भए । 

देशले नयाँ सबिधान पायो । थुप्रै सरकारहरु पनि परिबर्तन भए । तर जो देश परिबर्तनका लागी आफनो ज्यानको समेत प्रबाह नगरेर लडे घाईते अपांग बने उनिहरुको जिबनमा भने कुनै परिबर्तन भएन । देश परिबर्तकै लागी युद्ध लडेको नेकपा माओबादीले पटक पटक सरकारको नेतृत्व गर्यो । तर सरकारको नेतृत्व गरेका माओबादीका नेताहरुले युद्धमा लडेका घाईते अपांगहरुलाई बिर्सीदिए ।

तेस्तै युद्धमा लड्दा लड्दै टाउकोमा गोली लागी घाईते भएका लम्कीकै कल बहादुर बोहोरा न राम्ररी बोल्न सक्छन न हिडडुल गर्न नै सक्छन । घरमा सानी छोरी र श्रीमती छन । उनिहरु लाई के खुवाउने कसरी छोरी लाई पढाउने भन्ने चिन्ता उनिमा छ । बिगतको द्धन्दकालीन अवस्थामा आफुहरुले गरेको त्याग लाई उच्च तहमा पुगेका नेताहरुले एक पटक समेत नसम्झीयकोमा उनि पछुताउछन । 

देश परिवर्बतनका लागी लडियो देश परिवर्तन पनि भयो तर आफुहरु ज्युदो लाँस बन्दा पनि सरकारले कुनै वास्ता नै गरेन ।  कैलालीको लम्की चुहा नगरपालीका २ मोतीपुर नमुना बस्तीमा करिब ५० परिवार द्धन्दकालका घाईते तथा अपांगहरुको बसोबास छ । उनिहरु मध्ये अधिकाँस अंग भंग नै भएका छन भने कोही त हिड्न डुल्न सक्ने अवस्थामा पनि छैनन । 

ससस्त्र द्धन्दका बेला तत्काली माओबादी बाट पाएको आश्वासन अहिले आएर बालुवा मा पानी झै बनेको उनिहरु बताउछन  । लडाईमा घाईते भई खुट्टा गुमायका लम्कीमा खगेन्द्र बिक अहिले कृतीम खुट्टाले सामान्य हिडडुल गर्छन । घर परिवारको जिम्मेवारी सबै उहाँकै काँघमा छ । कसरी घरपरिवार पाल्ने सरकारले दिएको जिविकोपार्जन भत्ता पनि एक प्याकेट चामल ल्याउन समेत पुग्दैन बाल बच्चा कसरी पाल्ने कसरी पढाउने भन्ने चिन्तामा छन । 

काम गरेर खान सक्ने अवस्था छैन कसरी बाल बच्चा पाल्ने सरकारले आफुहरुको गाँस बास र कपासको ब्यावस्था गर्नु पर्छ उनले भने । मोतीपुर क्षेत्रमै बसोबाँस गर्ने कयौ पुर्ब माओबादी लडाकुहरु अहिले माओबादी नेता प्रचण्डका बिरुद्ध निकै आक्रोस पोख्छन । उनिहरु भन्छन हामीहरुको यो अवस्था हुदा पनि सरकारमा पुगेका प्रचण्ड,बाबुरामले वास्ता गरेनन । अब प्रचण्ड बिरुद्ध लड्नु परे पनि आफुहरुहतियार सहित लड्न तयार भएको पुर्ब माओबादी लडाकु तथा घाईते बिना बाहोरा साँउदले आक्रोस पोखीन ।

द्धन्द्धमा एक हात गुमायका र एक खुट्टा गुमायका हरिस प्रसाई  र परे बहादुर साँउद पनि बिगत सम्झीदै भक्कानीन्छन । आफुहरुको त्याग न सरकारले  देख्यो न त आफुहरु लागेको पार्टिले देख्यो । हरिस प्रसाई , परे बहादुर साँउद दुबै अपांग छन तर उनिहरुको बाध्यता घर परिवार पाल्नकै लागी एक हात र एक खुटटाले काम गर्नु पर्ने बाध्यता रहेको छ । तर उनिहरु अझै पनि सरकारले आफुहरु लाई हेर्छकी भन्ने आसामा भने बसेका छन । 

माओवादी पूर्वलडाकुहरू नेपाली सेनामा समायोजन भई राष्ट्रिय सेनाको अङ्ग पनि बनिसकेका छन । तर, विस्तृत शान्ति सम्झौता सँगै शान्तिपूर्ण राजनीतिमा आएको बर्षौं बितिसक्दा पनि नेताहरुले विगतमा गरेका बाचा पूरा नगरेको भन्दै घाईते तथा अपांगहरु निराश भएका छन ।


 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु