नेपाल कम्युनिष्ट पार्टि कैलाली जिल्ला कमिटीले जनयुद्ध दिवसको अवसरमा मानव सेवा आश्रम धनगढीमा रहेका बृद्ध बृद्धाहरु लाई नगद फलफुल तथा खाद्य सामाग्री बितरण गरेको छ । पार्टीको जिल्ला कमिटीले फलफुल सहित नगद रु ६ हजार मानव सेवा आश्रम धनगढी लाई वितरण गरेको हो ।
केन्द्रीय सदस्य ओम प्रकासपुन ले मानव सेवा आश्रम लाई सो सहयोग हस्तानतरण गरे । आश्रममा हाल ५६ जना बृद्ध बृद्धा रहेका छन । आश्रमले घरवार बिहिन मनरोगी सडक मानवहरुलाई आश्रय दिदै आएको छ ।
प्रतिकृया दिनुहोस