नेकपा माओवादी केन्द्र धनगढी नगर कमिटिले जनयुद्ध दिवशको अवशरमा रक्तदान कार्यक्रमको सम्पन्न गरेको छ । २७ औँ जनयुद्ध दिवशको अवशरमा पार्टीले धनगढीको पार्कमोडमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।जनयुद्ध दिवशको अवशरमा ८४ जनाद्धारा रक्तदान गरिएका नगर कमिटि अध्यक्ष सुरज खातीले बताए । ।
रगत अभावको समस्यालाई मध्यनजर गर्दै पार्टीले जनयुद्ध दिवशको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा भुमी, ब्यवस्था, कृषी तथा सहकारी मन्त्री बिनिता चौधरी, नेतृ शान्ति अधिकारी, प्रदेश कमिटि सदस्य हरी क्षेत्री, निर्मल शाह लगायतको उपस्थिती थियो ।
प्रतिकृया दिनुहोस