काठमाण्डौ – एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा डेटा सेवामा पहुँच सुनिश्चित बनाउँदै आफ्ना ग्राहककालागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । यसका साथै नन्स्टप युट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको भोलुम उही शुल्कमा दोब्बर प्रदान गरेको एनसेलले जनाएकाे छ ।
नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समयसिमा रहेको ५ जीबी अल टाइम डेटा ग्राहकले करसहित मात्र एक सय २५ रुपैयाँमा सुरु गर्न सक्छन् । त्यस्तै नन्स्टप युट्युब प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र एक सय ४७ रुपैयाँमा ७ दिनको समयसिमा रहेको ४ जीबी अल टाइम डेटा, भाइबर म्यासेजिङ्का लागि छुट्टै पाँच सय एमबी डेटा र युट्युबमा नन्स्टप पहुँच पाउँछन् । पहिला ग्राहकले यस युट्युब प्याकमा यही मूल्यमा २ जीबी अल टाइम डेटा पाउँदै आएका थिए अब यो भोलुम बढेर ४ जीबी भएको छ ।
यी प्याकहरु हिजाे मंगलबारदेखि सञ्चालनमा ल्याइएकाे एनसीएलले जनाएकाे छ । ग्राहकले एष्ट्रिक्स १७१२३ ह्यास डायल गरि नयाँ ५ जीबी अल टाइम डेटा प्याक लिन सक्छन् । त्यस्तै ग्राहकले नन्स्टप युट्युबसँग बन्डल गरिएको ४ जीबी अल टाइम डेटा र पाँच सय एमबी भाइबर म्यासेजिङ् डेटा बण्डल पनि एष्ट्रिक्स १७१२३ ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार सुरु गर्न सक्छन् । यी प्याक सुरु भएकाे दिनबाट ७ दिनको लागि मान्य रहने एनसेलले जनाएकाे छ ।
प्रतिकृया दिनुहोस