इजरायलको ड्रोन आक्रमणमा हमासका उपनेता अरौरीसहित ६ जनाको ज्यान गयो

छिनोफानो   बुधबार १८, पुष २०८० ०९:४०

काठमाण्डौ – इजरायलले गरेको ड्रोन आक्रमणमा परि हमासका उपनेता सालेह अल–अरौरीको ज्यान गएको छ । इजरायलले हमासविरुद्ध लेबनानमा गरेको आक्रमणमा नेता अरौरीसहित अन्य ६ जना मारिएको दाबी गरेको छ । हमासको दोस्रो वरियतामा रहेका नेता अरौरीको दक्षिणी बेरुतमा ड्रोन आक्रमणमा परेर ज्यान गएको बीबीसीले जनाएको छ ।

इजरायलसँगको युद्धमा अहिलेसम्म मारिएकामध्ये ५७ वर्षीय अरौरी हमासका सबैभन्दा ठूला नेता हुन् । यसैबीच लेबनानका प्रधानमन्त्री नजिब मिकातीले इजरायलले आफूहरुलाई इजरायल–हमास युद्धमा तान्न खोजेको आरोप लगाउनुभएको छ । इजरायलले  भने हमास लक्षित आक्रमण गरेको भन्दै लेबनानलाई आक्रामक नहुन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु