गाजामा अमेरिकी सैन्य विमानबाट खाना सहितका मानवीय सहायता

छिनोफानो   सोमबार २१, फागुन २०८० ११:३५

काठमाण्डौ – संयुक्त राज्य अमेरिकाले गाजामा पहिलो पटक तीन वटा अमेरीकी सैन्य विमानबाट ३० हजार भन्दा बढीका लागि खाना सहितका मानवीय सहायता उपलब्ध गराएको छ । जोर्डनको वायुसेनासँग संयुक्त रूपमाअघि बढाइएको कार्यक्रममार्फत राष्ट्रपति जो बाइडेनले घोषणा गरेका धेरै सहायताका कार्यक्रम मध्ये यो पहिलो भएको बीबीसीले जनाएको छ ।

उत्तरी गाजामा जारी भोकमरीका कारण सहायता उपलब्ध गराएको एक प्रख्यात सहायता सस्थाले जनाएको खबरमा उल्लेख छ । गएको बिहीवार गाजामा सहायता कुरिरहेका भिडमा आक्रमण हुँदा एक सय १२ जनाभन्दा बढीले ज्यान गुमाएका थिए ।

गाजामा ६ हप्ताको युद्धविरामको लागि सम्झौता गरे अनुरुप पहिलो अमेरिकी हवाई सेवा भएको एक अमेरिकी अधिकारीले बताएका छन् । इजरायलले सम्झौतालाई स्वीकार गरिसकेको र गाजाले बन्दीहरुलाई रिहा गर्ने तयारी गरेको खबरमा उल्लेख छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु