धनगढी । अछामको कमलबजार नगरपालिका वडा नं ५ का वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले आफ्नो सेवा सुविधाबाट वडाका विपन्न परिवारलाई आर्थिक सहयोग गर्दै आएका छन । तिमिल्सेनाले हाल सम्म आफ्नो सेवा सुविधाबाट २ लाख ३५ हजार रकम विभिन्न समस्यामा परेका ब्याक्तीलाई सहयोग गरेका छन् । सामाजिक कार्यमा अग्रसर अध्यक्ष तिमिल्सेनाले वडाका विभिन्न विकास निर्माणमा कामहरू समेत समयमै सक्नु पर्ने भन्दै दबाब समेत दिँदै आएका छन ।
वडा अध्यक्ष तिमिल्सेनाले वडा स्थित विभिन्न असहाय,एकल,दुखी पीडित, स्वास्थ्य समस्याबाट पीडित नागरिकलाई आर्थिक सहयोग गरेको तथा मृतकको परिवारलाई शोकको घडीमा किरिया खर्च स्वरूप आर्थिक सहायता दिएको गर्दै आएका थिए । साथै उनले वडामा रहेका विपन्न परिवारका सदस्यहरूको छनौट गरि राहतका लागी कमलबजार नगरपालिका लाई सिफारिस समेत गरेका थिए ।
पालिकाले वडाको सिफारिस अनुसार करिब २ लाख रुपैयाँ विभिन्न ब्याक्तीलाई राहत दिएको छ । तर सो रकम महालेखाको प्रतिवेदन अनुसार दिन नमिल्ने भन्दै बेरुजु देखाएको छ । तिमिल्सेनाले नगरपालिकाले दिएका भन्दा करिब ३५ हजार बढी रकम वडामा रहेका विपन्न र असहाय ब्याक्तीहरुलाई वितरण गरेको तथ्याङ्क सार्वजनिक गरेका छन ।
केही समय पहिले वडा नम्बर ५ का अध्यक्षले तिमिल्सेनाले नगरपालिकाबाट राहत रकम ल्याउँदै आफैले दिएको भन्दै प्रचार गरेको समाचार प्रकाशन भए पछि तिमिलसेना आफूले ब्याक्तीगत रूपमा सहयोग गरेको र नगरबाट प्राप्त सहयोग कस्लाई बितरण गरिएको हो सो बारे आफ्नो लिस्ट सार्वजनिक गरेका हुन ।
तिमिल्सेनाले भने“मैले आफूले पाउने सेवा सुविधा बाट समस्यामा परेकाहरूलाई सहयोग गरेको हु ,जे जति सकिन्छ सहयोग गरे कसैलाई त्यो सहयोग गरेको मन परेन होला उसले लेखिदियो यस्ता कुराले कुनै असर पर्दैन ।”आफूलाई बदनाम गर्नका लागी पटक पटक केही गिरोह सक्रिय रहेको भए पनि आफूले कुनै गलत नगरेकोले डराउनु पर्ने कुनै कारण नै नरहेको बताए ।
नगरपालिकाले दिएको सहयोग मैले श्याम खत्री ५० हजार लगायत केही मानिसहरूलाई २ लाख बरावर रकम वितरण गरेको हु मैले त्यो रकम मैले ब्याक्तीगत दिएको हुन भनेको नि छैन र मैले दिएको नि होइन उनले भने । “जुन अडिटले नीतिगत नमिलेको भनी सैद्धान्तिक बेरुजु पनि देखाएको त्यो कुरा सत्य हो तर मलाई कमजोर पार्नका लागी बनाएका कतिपय समाचारहरू असत्य हुन उनले भने । वडामा विपन्न परिवारलाई राहत उपलब्ध गराइदिन भन्दै मैले पालिकालाई सिफारिस गरे पालिकाले दियो केही प्रक्रिया पुगेन होला तर पालिकाले उपलब्ध गराएको सहयोग रकम समन्धीत मान्छेलाई नै गएको नदेख्ने कस्ता मान्छे भन्दै तिमिल्सेनाले प्रश्न गरे ।
आफूले आफ्नो सेवा सुविधा बाट २ लाख ३५ हजार रकम सहयोग गरेको वडा अध्यक्ष तिमिल्सैनाले बताउँदै जसको केही उदाहरणको रूपमा वडामा गएर मैले सार्वजनिक गरेको लिस्टमा नाम भएका मानिसलाई सोध्नुस् उनले भने ।
सुख दुखमा जनप्रतिनिधि भन्ने भनाई लाई आत्मासाथ गर्दै पारिवारिक आर्थिक अवस्था हेरेर किरिया खर्च स्वरूप पाँच हजार देखी १० हजार सम्म आफू निर्वाचित भएर आए देखी हाल सम्म वडामा मृत्यु भएका परिवारलाई आफ्नो सेवा सुविधा बाट खर्च हुने गरेर नै व्यक्तिगत रूपमा दिएको उहाँको भनाई छ ।
यस्तै स्वास्थ्य स्वयंसेविकालाई सम्मान स्वरूप ८ हजार बरावरको न्यानो सल हस्तान्तरण गरेको, गर्भवती महिला चेकजाँच गर्न आउँदा खाजा नास्ता खर्च बापतको १० हजार प्रदान गरेको देखी असहाय टुहुरा बालबालिका लाई सहयोग गरेका अनेकौँ उदाहरण भएको र आफ्नो कार्यालयमा आयो भने प्रस्ट रूपमा वडा कार्यालय बाट गरेको सहयोग र व्यक्तिगत रूपमा गरेको सहयोगको फेरिस्त पेस गर्ने उहाँको भनाई छ ।
समाजमा दुखी असहायलाई सहयोग गर्ने काम अपराध गरेको त होइन होला नि । वडाको बजेट दुरुपयोग गरेको पनि होइन । बेरुजु त धेरै किसिमका हुन्छन् वडा कार्यालयबाट गरेको सहयोग नीतिगत अथवा सैद्धान्तिक बेरुजु भनेको छ । हो पालिकाले सहयोगका लागी नीति बनाउनु पर्थ्यो त्यो पालिका भित्रकै समग्र कमजोरी भयो । अलि ठुलो मात्राको रकम व्यक्तिगत रूपमा नसकिने भएकाले पनि विशेषता स्वास्थ्य समस्या बाट पीडित तथा अन्य असहायलाई भइपरी आउने रकम बाट वडाले निर्णय गरेर प्रदान गरिएको हो ।
आफूले सहयोग गरेको कुरा धेरै प्रचारप्रसार गर्ने उद्देश्य पनि नरहेको बताउदै उनले भने समाजमा सकारात्मक सन्देश परोस् सबैलाई सहयोग गर्ने भावना जागृत होस भन्ने उद्देश्यले सामाजिक सञ्जालमा राख्ने गरेको छु । तर पूर्वाग्रही ढङ्गले सतही कुरा नबुझेर सामाजिक सञ्जालमा मानहानि हुने गरि भ्रमित हुने तवरले नलेखिदिन हुन समेत उहाँले आग्रह गर्नु भयो ।
प्रतिकृया दिनुहोस