ग्रामीण सडक कालोपत्रे नहुँदा सास्ती

छिनोफानो   बिहिबार २०, चैत २०८१ ०९:२०

बाजुरा । बाजुराका ग्रामीण सडक कालोपत्रे नहुँदा बर्खाको समय यहाँका स्थानीयलाई  आउजाउमा सास्ती हुने गरेको छ । २०७५ सालदेखि निर्माण गरेका यहाँका सडक अझै कालोपत्रे हुन सकेका छैनन् । यसरी सडक कालोपत्रे नहुँदा बर्खाको समय यहाँका स्थानीयले यातायातमा कठिनाइ भोग्दै आएका छन् । कच्ची सडकले हिउँदको महिनामा केही सहज बनाए पनि बर्खाको समय थोरै पानी परे पनि ती सडक भत्किएर सधैँ अवरुद्ध हुने गरेको खप्तड छेडेदह गाउँपालिका स्थानीय रामबहादुर बुढाले बताउनुभयो ।

उहाँले बर्खामा सडक अवरुद्ध हुँदा स्थानीयलाई दैनिक उपभोग्यका सामग्राी ढुवानी तथा आउजाउमा  समस्या हुने गरेको बताउनुभयो । यहाँका हिमाली, जगनाथ, स्वामीकार्तिक खापर, बुढीनन्दा  बडीमालिका, गौमूल , बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदहलगायतका अधिकांश गाउँबस्ती पछिल्लो समय सडक सञ्जालको पहुँचमा पुगेका छन् । 

ग्रामीण सडक कालोपत्रे गर्न पालिकामा बजेट नभएको खप्तड छेडेदह गाउँपालिकाका उपाध्यक्ष बिसु नाथले बताउनुभयो । उहाँले प्रदेश तथा सङ्घीय सरकारबाट प्राप्त भएको बजेटबाट पालिकाको–६ नम्बरका नाइना, सुदारा र मैतोला गाउँ जोड्ने सात किलोमिटर सडक कालोपत्रेको काम सुरु भएको बताउनुभयो । सडक स्तरोन्नतिका लागि प्रदेश र सङ्घ सरकारसमक्ष थप बजेट माग गरिएको बताउनुभयो ।    

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु