पवन भण्डारी,धनगढी । काम गरेको ज्याला नदिएर ठेकेदार ४ बर्ष देखि फरार भएको भन्दै निवेदन दिएका अछाम मङ्गलसेनका मजदुरको निवेदन माथि प्रहरी मौन बसेको छ । जिल्ला जिल्ला प्रशासन कार्यालय अछाम र जिल्ला प्रहरी कार्यालय अछाममा गत वैशाखमा ज्याला उपलब्ध गराई पाउ भन्दै मङ्गलसेन ६,७ का मजदुरले निवेदन दर्ता गरे । तर दर्ता गरेको बर्षौ बिते पनि प्रहरीले ठेकेदार लाई समात्न सकेको छैन । विगत ४ बर्ष देखि काम गरेको ज्याला ठेकेदारले उपलब्ध नगराएको भन्दै असुल उपर गरिपाऊ भन्दै स्थानीय मजदुरले जिल्ला प्रहरी कार्यालय अछाम र प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका थिए ।
जिल्ला प्रहरीमा दुई जना डिएसपी र प्रशासनमा दुई जना सिडिओ सरुवा भई सक्दा समेत मजदुरले न्याय पाउन सकेका छैनन् । मजदुरको ज्याला नतिरेर फरार रहेका ठेकेदार नर बहादुर शाही र दिनेश शाहीको नाम नै तोकेर प्रहरीमा २ पटक निवेदन दर्ता भैईसकेको छ । दुवै ठेकेदार अछाममा निर्बाध रूपमा काम गरिरहेका भएपनी उनीहरूलाई कानुनी दायरामा ल्याएर मजदुरको पैसा असुल गर्न प्रहरीले सकेको छैन । प्रहरीमा पटक पटक यो बारे जानकारी गराउँदा समेत प्रहरीले कुनै वास्ता नगर्नुले ठेकेदार सङ्ग प्रहरीको मिलेमतो हो कि रु भन्ने आसँङ्का नागरिकमा पैदा भएको छ ।
न्याय नपाएर प्रहरी र प्रशासन पुगेका मजदुरको न्याय मा प्रहरी प्रशासन रमिते बनेको प्रस्ट बुझ्न सकिन्छ । ठेकेदार दिनेश शाह र नरबहादुर शाही मजदुरको ज्याला नतिरेर भागेको समाचार छिनोफानो डटकमले लगातार रूपमा प्रकाशन गर्दै आयको थियो भने जिल्ला प्रशासन कार्यालय मा सिडिओ तथा डिएसपी लाई मजदुरको मुद्दामा गम्भीर बन्न पटक पटक आग्रह गरेको थियो । तर दुई जना सिडिओ र डिएसपी परिवर्तन हुँदा पनि मजदुरको ज्याला नतिर्ने ठेकेदार बारे प्रहरी प्रशासन मौन देखिन्छ । मजदुरहरूले जाजरकोट मन्दिर,जनाली झरना,भट्टे मालिका मन्दिर लगायतका ठाउँमा काम गरेको ज्याला ४ बर्ष बढी भैईसक्दा नि पाएका छैनन् । मङ्गलसेन १,२ का मजदुर तथा मङ्गलसेन ७ का मजदुरले ठेकेदारलाई कारबाहीको लागि माग गर्दै प्रहरीमा निवेदन दर्ता गरेका हुन ।
ठेकेदार बाट काम गरेको ज्याला उपलब्ध गराई पाउ भन्दै पटक पटक जिल्ला प्रशासन कार्यालय अछाम र जिल्ला प्रहरी कार्यालय अछाममा निवेदन दिँदा पनि प्रहरी प्रशासन मौन बसेको स्थानीयले मजदुरले गुनासो गरेका छन ।
आफूले दुई पटक निवेदन दिँदा समेत प्रहरी र प्रशासनले वास्ता नगर्नुले उनीहरू पनि ठेकेदार सङ्ग मिलेका छन कि भन्ने आफूहरूलाई आशङ्का रहेको मजदुरहरू बताउँछन् । यता जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ईश्वरी भण्डारीले ठेकेदार लाई सम्पर्कमा ल्याउने प्रयास भैईरहेको भए पनि ल्याउन नसकिएको बताए । उनले छिटै ठेकेदार लाई बोलाएर मजदुर समस्या बारे छलफल गरिने बताए ।
प्रतिकृया दिनुहोस