रास्वपा सभापति रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान, भैरहवा जेलमा रहने

छिनोफानो   सोमबार २४, चैत २०८१ १२:२५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन् ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालती प्रक्रिया पुर्‍याएर लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एस पी रन्जितसिंह राठौरले सबै अदालती प्रक्रिया पुर्‍याएर कारागार पठाइएको बताए । उनले अर्को आदेश नआउँदासम्म लामिछाने भैरहवा कारागारमै रहने जानकारी दिए ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रवार काठमाडौंबाट पक्राउ गरी शनिवार विमानमार्फत भैरहवा ल्याइएको थियो ।

भैरहवा कारागारमा सोही सहकारी प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशी पनि रहेका छन् ।

शुक्रबार उच्च अदालत बुटवलले यसअघि जिल्ला अदालतले १ करोड धरौटीमा छाड्न दिएको आदेश उल्टाउँदै पुपर्क्षका लागि थुनामा राख्न आदेश दिएपछि उनी शुक्रबार राति नै पक्राउ परेका हुन् ।

काठमाडौंमा पक्राउ परेका रविलाई शनिबार बिहानै भैरहवामा ल्याइएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु