अछाम । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा अछाम क्षेत्र नं. १ का ईन्चार्ज दिपक साउँद ‘तरंग’ अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नं. ६ स्थित जयगढ बजारमा हालै भएको आगलागीले क्षतिग्रस्त क्षेत्रको स्थलगत अनुगमन गर्न पुगेका छन्।
स्थलगत अवलोकनका क्रममा उनले आगलागी पीडितहरूसँग भेटघाट गर्दै गहिरो दुःख व्यक्त गरेका छन्। उनले पीडितहरूप्रति सहानुभूति प्रकट गर्दै, यस्ता विपद् व्यवस्थापनमा स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारहरू सक्रिय हुनुपर्नेमा जोड दिए।
साउँदले पीडितहरूको उचित व्यवस्थापन, पुनःस्थापना र राहतका लागि पार्टी सधैं साथमा रहेको बताउँदै, तत्कालिक राहतस्वरूप नेकपा माओवादी केन्द्रको तर्फबाट १ लाख २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
पीडितहरूका लागि सो सहयोगले केही हदसम्म राहत पुर्याउने विश्वास व्यक्त गरिएको छ। साथै उनले आगलागी पीडितहरूको दीर्घकालीन पुनःस्थापनाका लागि आवश्यक पहल गरिने प्रतिबद्धता पनि जनाएका छन्।
प्रतिकृया दिनुहोस