मा कसम भाग्दै भाग्दैन भनेर भागेका दुर्गे भारतबाट पक्राउ

छिनोफानो   बिहिबार २७, चैत २०८१ ०९:५८

काठमाडौं । राजसंस्था पुन:स्थापनाका लागि गठित जनआन्दोलन समितिका कमान्डर तोकिएका दुर्गा प्रसाईँ भारतको आसाममा पक्राउ परेका छन् ।

उनलाई नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले नेपाल ल्याउँदै गरेको सुरक्षा उच्च स्रोतले नेपाल प्रेसलाई बतायो ।

चैत १५ गतेको राजावादी प्रदर्शनको क्रममा प्रहरीलाई नै किच्ने गरी गाडी चढाएर भिडलाई उत्तेजित पारेलगत्तै उनी फरार थिए ।सुरूमा सीआईबी र उपत्यका अपराध अनुसन्धान कार्यालयले खोजी थालेपनि पछि प्रसाईँलाई खोज्ने जिम्मा प्रहरीको विशेष ब्युरोले लिएको थियो ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु