पवन भण्डारी,धनगढी । बषौ देखि कैलालीको धनगढीबाट भारतका विभिन्न ठाउँमा सेवा दिँदै आएको छ श्री केदार टुर एण्ड ट्राभल्स । भारतका विभिन्न सहरमा रहेका नेपालीहरू लाई सहज रूपमा नेपाल ल्याउने रोजगारी तथा अन्य कामका लागी भारत जाने नेपालीहरूको पछिल्लो समय प्रमुख रोजाई बनेको छ ।
भारतका विभिन्न सहरहरूका अस्थायी रूपमा आफ्ना शाखाहरू बिस्तार गर्दै श्री केदार टुर एण्ड ट्राभल्सले नेपालीहरूको आवागमनमा सहज तुल्याएको छ । करिब ४ हजार किलोमिटर को बस यात्रामा कहिले कही सामान्य समस्या आउनु ठुलो कुरा होइन । कैलालीको धनगढी बसपार्कमा रहेको अछाम होटेल एण्ड लज सँग सम्पर्क अफिस राख्दै सेवा सुरु भई रहेको छ ।
विगतका समयमा भारतबाट आउने नेपालीहरू लखनौ,मथुरा,बनबासा लगायतका क्षेत्रमा लुटेराहरूबाट लुटिएका घटनाहरूमा समेत निकै कमी आएको देखिन्छ । भारतमा जादाहोस या आउँदा होस एक हुल मानिसहरू जम्मा गरेर मात्र भारत आउने जाने परम्परा बस सेवा सुरु भएपछि अन्त्य भएको छ । भारतबाट बिसु खान नेपाल आएका अछाम मंगलसैनका चेतराज भण्डारी भन्छन् बस सेवा सुरु भएपछि नेपालीहरू लुटिन कम भएका छन ।
बसमा बालक वृद्ध वृद्धा महिलाहरूलाई आवत जावतमा सहज भएको छ । पहिले आफूलाई मथुरामा लुटेराहरूले लुटेको सम्झना गर्दै उनले भने अहिले कति खुसीले नेपालीहरूको आवतजावत हुन्छ यो नै खुसीको कुरा हो । उनले भने म भारतमा रोजगारी गर्दै बसेको करिब १८ बर्ष भयो,बस सञ्चालन भए पछि म बस मै यात्रा गर्छु जे होस सहज छ । कहिले कही सामान्य समस्या आउँदा कोही कसैले विरोध गरे पछि बसको यात्रामा गाह्रो नहुने बताए ।
भारतबाट नेपालीहरू आउँदा सामानहरू बढी ल्याउँदा बसमा कहिले टायरमा समस्या हुन्छ यदि भयो भने विभिन्न हल्ला फैलिन्छ तर वास्तवमा समस्या सबैले बुझ्नु पर्छ उनले भने । यस्तै कञ्चनपुरको पुर्नवास घर बताउने लाल राम नाम गरेका वृद्ध भन्छन् छोरा बुहारीलाई भेट्न बसमा एक्ले गए एक्लै आए निकै सहज भयो । पहिलेका दिनहरू सम्झँदै उनले भने पहिले रत्न गिरीबाट रोजगारी गरि दसैँ मनाउन रेल मार्फत मथुरामा पुगे ।
रेल बाहिर रिक्सा चालकहरूले बसपार्क पुर्याउछु भन्दै आफूलाई र ल्याएको सामान राखे तर १० मिनेटमा पुग्ने बाटो उनीहरूले आधा घण्टा लगाएर जङ्गलमा लगे । मलाई मन मनै डर लागेको थियो यिनीहरू लुटेरा हुन भनेर । बिस्तारै उनीहरूले रिक्सा रोके बाटो बिर्सिएको भन्दै बहाना बनाए । मैले फर्को उतै जति लाग्छ म दिन्छु भने उनीहरूले रिक्सा फिर्ता ल्याए तर एकान्त ठाउँमा लिएर मलाई चक्कु देखाउँदै त सँग भएको पैसा केछ निकाल भन्दै मेरो सबै कमाएको सम्पती लुटे । मलाई गौरीफण्टा पुग्ने पैसा समेत हातमा थिएन ।
उनीहरूले रिक्सामै मलाई बसपार्क नजिकै छोडे आफू भागे मेरो सामान र झोला भने लिएनन् । मैले केही पैसा झोलामा र।राखेको थिए बसपार्कमा आए मुटु काँप्दै थियो कस्लाई के भन्ने एउटा होटेलमा बसेर झोलाबाट बाकी रहेको पैसा निकाल्दै गाडी चढे उनले विगत सम्झिँदै भने । अहिलेको जस्ता बस भए त्यो अवस्था आउने थिएन होला । बस हुँदा निकै सहज भएको छ उनले भने । धनगढीबाट श्री केदार टुर एण्ड ट्राभल्स सुरु भए देखि हाल सम्म लाखौँ मानिसहरूले यात्रा गरि सकेका छन । सिजनमा दैनिक १० ओटा सम्म बसहरू धनगढी भारतका विभिन्न सहर मुम्बई पुना नासीक,सुरत बेङलोर,राजकोट लगायतका सहरमा जाने गरेका छन ।
ट्राभल्सका सञ्चालक करण जोशी भन्छन् हामीले नेपालीहरू बाटोमा लुटिएको देख्यौ,र म आफै पनि परे त्यसपछि बस सञ्चालन गर्दा सहज होला भन्ने सोचेर सबै मिलेर बस सञ्चालन गर्यौ अहिले सबैलाई राम्रो भइरहेको छ । कहिले कही सामान्य समस्या आईहाल्छन मेसिनरत सामान हो तर हामी जति सक्यो यात्रुहरू लाई राम्रो सेवा दिने प्रयास गर्दै आएका छौ जोशी भन्छन् ।
भारतको सुरतबाट धनगढी बुटवल सम्म बस सेवा सञ्चालन गर्दै आउनु भएका केदार टुर एण्ड टाभल्सका सञ्चालक दिनेश खत्री भने हामीले सुरुमा थुप्रै समस्याहरू झेल्नु पर्यो । कहिले बाटो बिर्सेर समयमा यात्रुलाई गन्तव्य सम्म पुगाउन सकिएन कहिले भारतको कानुनी प्रक्रियाले समस्या गर्यो । तर अहिले सम्म आफूले काम गर्दै जाँदा यात्रुहरूबाट राम्रै प्रतिक्रिया पाई रहेको उनले बताए । बस सेवा सञ्चालन भएपछि नेपालीहरू बाटोमा लुटिने समस्याको अन्त्य भएको बताउँदै खत्रीले भने अहिले बसमा ढुक्क सँग यात्रा गर्न पाइएको छ यो नै हाम्रो लागी खुसीको कुरा हो उनले भने । आफूहरूका पनि साना तिना कमजोरी नहुने भन्ने होइन काम गर्दै जाँदा समस्या आउँछन् गलत हुन्छ तर हामी सके सम्म राम्रो गरिरहेका छौ उनले भने ।
श्री केदार टुर एण्ड ट्राभल्सले धनगढी बाट विगत लामो समय देखि सेवा दिँदै आएको छ ।
प्रतिकृया दिनुहोस