मा कसम भाग्दैन भनेर भागेका दुर्गा प्रसाईलाई झापा ल्याइयो, विमानस्थलबाट काठमाडौं पठाइँदै

छिनोफानो   शुक्रबार २८, चैत २०८१ १०:५७

झापा ।   राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईलाई झापा ल्याइएको छ। प्रहरीको विशेष टोलीले उनलाई काँकटभिट्टा नाकाहुँदै  नेपाल ल्याएको हो। उनलाई भद्रपुर विमानस्थलबाट शुक्रबार बिहान ११ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं पठाउने तयारी गरेको छ। प्रहरीले उनलाई अहिले  जिल्ला प्रहरी कार्यालय झापामा राखेको छ। 

राजावादीको नाममा तीनकुनेमा हिंसा भड्काउन मुख्य भूमिका खेलेका मेडिकल व्यवसायी प्रसाईंले भारतीय प्रहरीसमक्ष आफूले आत्मसमर्पण गरेको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफू भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको दाबी गरेका हुन्।

प्रहरीको टोली प्रसाईंलाई खोज्न केही दिन अगाडि भारत गएको थियो। गत चैत १५ गते राजावादीको प्रदर्शनमा तीनकुने क्षेत्रमा हिंसा भड्काएको आरोप लागेपछि उनी फरार थिए। सुरक्षाको ग्यारेन्टी पाएपछि उनले बिहीबार राती ९स्१३ बजे सामाजिक सञ्जालमा आत्मसमर्पण गरेको उल्लेख गरेका हुन्।

राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले सुरक्षाकर्मीलाई कुल्चने गरी गाडी समेत कुदाएका थिए। राजावादीको हिंस्रक आन्दोलनमा एक पत्रकारसहित २ जनाको मृत्यु भएको थियो। त्यस्तै सार्वजनिक सम्पत्ति,निजी सम्पत्ति र मिडिया हाउसहरूमा प्रदर्शनकारी तोडफोड र आगजनी गरेका थिए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु