अछाम । शुक्रबार राती आएको हावाहुरीले गर्दा मंगलसेन नगरपालिका वडा नम्बर १३ बस्तीका लाल नेपालीको घरमा क्षति पुगेको छ ।
हावाहुरीले नेपालीकाे माटाे ढुङ्गाले बनेकाे घरमा लगाइएकाे टिनका पाता उठाएको स्थानीय धनविर नेपालीले जानकारी दिनुभयो ।
यता मंगलसेन नगरपालिका वडा नम्बर ६ मा चट्याङ लागेर १ बाख्राे मरेकाे छ । शुक्रबार राती घर नजिकै परेकाे चट्याङले गर्दा स्थानीय प्रेम प्रसाद भण्डारीकाे १ बाख्राे मरेकाे हाे ।
हावाहुरी सहितकाे चट्याङले गर्दा कुन ठाउँमा कति क्षति पुर्याएकाे छ यस बारेमा थप विवरण संकलन भइरहेको अछाम प्रहरीले बताएको छ ।
प्रतिकृया दिनुहोस