विदेश पठाई दिन्छु भन्दै अछाम दर्नाका  जीवन कठायतले ठगे १० लाख,पीडित ३ जना मुम्बईमा अलपत्र

छिनोफानो   शनिबार २९, चैत २०८१ ०२:२०

पवन भण्डारी,धनगढी । विदेश पठाई दिन्छु भन्दै  १० लाख रकम ठगेर अछामको बान्नीगढी जयगढ गाउँपालिका दर्नाका जीवन कठायत सम्पर्क विहीन बनेका छन । अछामको मंगलसैन नगरपालिका ७ का तिन जनालाई अल्जरभाईजन पठाउँछु भन्दै कठायतले १० लाख ४८ हजार ठगेका हुन । 

अल्जरभाईजन जान प्रति ब्याक्ती ७ लाख रुपैयाँ लाग्ने भन्दै कठायतले पेश्की स्वरूप ३ जना बाट ३ लाख ५० हजारका दरले पैसा लगेका हुन । कामको सिलसिलामा कम्बोडिया बस्दै आएका कठायतले आफू मेनपावरमा काम गर्ने भन्दै पासपोर्ट मागेर नक्कली भिसा बनाई आफूलाई दिल्लीमा बोलाएर करिब २ हप्ता बसालेको तर पछि केही समय लाग्ने भन्दै केही समय पछि मात्र उडान हुने भन्दै नेपाल फर्काएको पीडित सिद्ध राज ढुङ्गानाले बताए । 

आफूले आफनै अछामको मान्छे हो भनेर उसले भनेको हर कुरा विश्वास गर्‍यौ तर उसको काम ठग्ने रहेछ हामीलाई थाहा नै भएन । कठायतले आफूहरूलाई टिकट अन्नलाईमा नक्कली काटेर पठाउने गरेको रहेछ भन्दै ढुङ्गानाले भने बिस्तारै शङ्का लागेपछि हामीले टिकट बारे रपोटमा बुझायौ उनले भने । पटक पटक कहिले कलकत्ताबाट उडान हुन्छ भन्दै कलकत्ता पठायो कहिले मुँम्बै पठायो कहिले दिल्ली पठायो तर हाम्रो खर्च मात्र भयो उसले हामीलाई डुबायो उनले दुखेसो पोखे । 

भारतमा रोजगारी गर्दै कमाएको पैसा समेत दलालले खाए पछि आफूहरू घर न घाटको भएको ढुंगानाको भनाई छ । हामी ३ जना अहिले मुम्बईमा अलपत्र अवस्थामा छौ पहिले हाम्रो सम्पर्कमा रहेको दलाल अहिले भने आफूलाई ब्लक समेत गरेको उनले बताए । आफूहरू नेपालमा आएर निज कठायतको नाममा केस हाल्ने तयारी गरेको ढुङ्गानाले बताए ।  यो बिषयमा हामीले जीवन कठायतको नम्बरमा कल गर्दा उनले ब्लक लिष्टमा राखेर सम्पर्कमा आउन चाहेनन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु