रहडीमान जोराको “डेउडा हाम्रो चिनो”ले सामाजिक सञ्जाल तताउँदै

छिनोफानो   आइतबार ०७, बैशाख २०८२ ०४:४४

धनगढी । रहडी मान जोरा एक डेउडा प्रेमीको नाम हो । सबैलाई हसाउन निकै रुचाउने जोरा डेउडा कला सस्कृती संरक्षण अभियानका एक अभियन्ता समेत हुन । उनले सुदूरपश्चिम प्रदेशको कला सस्कृती जर्गेनाका लागी आफूले गर्ने हर सम्भव प्रयासहरू समेत गरेका छन । सुदूर तथा मध्य पश्चिम क्षेत्रको कला सस्कृती जोगाउन पर्छ भन्ने उनको रहर नै हो ।

वैदेशिक रोजगारमा कतारमा १० बर्ष बिताएका जोरा हाल नेपालमै केही गर्नु पर्छ भन्दै आफ्नो ब्यावसायमा लागेका छन । उनले कैलालीको धनगढीमा होटेल बाणुली सञ्चालनमा ल्याएका छन । बाणुली शब्दले आफैमा सुदूरपश्चिमको कला सस्कृती झल्काएको छ । सुदूरका बनपाखाहरुमा अझै पनि यस्ता शब्दहरू गुञ्जायमान भई रहेका हुन्छन् । 

वारी है देखिँदो पारी, दैलेख को ऐना

खुरुक्कै बाणुली लाउला,सम्झी जायै मैना

हो सुदूरपश्चिममा बाणुली शब्द यति प्यारो छ जो सम्झँदा समेत बाणुलीले सझाउछ भन्ने गरिन्छ  । उनको होटेल बाणुलीबाटै हुन्छ डेउडा क्षेत्रमा प्रवेश । रहडीमान जोराको वास्तविक नाम हो मान बहादुर जोरा । उनले भर्खरै मात्र बजारमा ल्याउनु भएको डेउडा एल्बम “डेउडा हाम्रो चिनो” गितले यति बेला सामाजिक सञ्जाल टिकटक तथा युट्युबमा आफ्नो स्थान ओगटी सकेको छ । लामो समय देखि डेउडा क्षेत्रमा लागेका जोराले करिब आधा दर्जन बढी गीतहरूमा स्वर दिनु भएको छ । पहिलेको गीतहरू भन्दा पछिल्लो समयमा बजारमा आएको “डेउडा हाम्रो चिनो”ले आफूलाई निकै हर्षित तुल्याएको उनी बताउँछन् । 

“डेउडा हाम्रो चिनो”बोलको गीतमा उनलाई गायिका गौरी भट्टले स्वरमा साथ दिनु भएको छ । जस्मा शब्द  महेश भट्ट तथा लय स्वयं जोराकै रहेको छ । रहडी मान जोरा युट्युब च्यानलबाट बजारमा आएको उक्त गीतको म्युजिक भिडियोमा अभिनय टेक ब ऐर (पद्दो चोर),माया पाण्डे गौरी भट्ट र रहडीमान जोराको रहेको छ । उक्त गीत ८ दिनमा करिब ८० हजार जनाले युट्युबमा हेरिसकेका छन । 

भिडियो सहित 

v=rgBZl8Cs_-Q

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु